शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामा बैंकबाट ५ अर्ब बाहिरियो

बिहीबार, १३ वैशाख २०७५, १७ : ४१
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–बाणिज्य बैंकबाट एक सातामा ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । 

२०७४ चैत ३० गतेसम्म  २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बाणिज्य बैंकहरुले २०७५ बैंशाख ७ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँ निक्षेप गुमाएका हुन् । 

बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेर २२ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । 

एसोसियसनका अनुसार बैठकहरुले  यो समयमा कर्जा लगानी भने १ अर्ब रुपैयाँ बढाएका छन् ।  गत साता २० खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैंशाख ७ गतेसम्म आइपुग्दा २० खर्ब ३ अर्ब रुपैयाँ लगानी पुर्याइसकेका हुन् । 

 बैंकहरुले निक्षेप कम संकलन गर्दा पनि लगानी विस्तार भने बढाइरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप