मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ठगी मुद्दाका आरोपी फरार जनप्रतिनिधि पक्राउ

बिहीबार, १३ वैशाख २०७५, १८ : १८
बिहीबार, १३ वैशाख २०७५

समुन्द्रा घिमिरे

लमजुङ–वैदेशिक रोजगार समबन्धी ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई लमजुङ प्रहरीले बिहीबार पक्राउ गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, का वडा सदस्य भरतप्रसाद भट्टराई पक्राउ परेका हुन् ।  

डीएसपी पदमबहादुर विष्टका अनुसार निजलाई दूधपोखरी गाउँपालिका १ दूधपोखरी माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । फरार भट्टराईलाई ५ महिना २७ दिनको कैद सजाय सुनाएको थियो । ५४ वर्षीय भटट्राईलाई बैदेशिक रोजगार न्यायाधिकरणले २०७१ कात्तिक १० गते कैद  सजाय सुनाएको थियो ।

भट्टराई दूधपोखरी गाउँपालिका २, बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष तथा कांग्रेसका स्थानीय नेता समेत हुन् । गाउँमा उनले अन्य व्यक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको र उनी पक्राउ परेसँगै अन्य पीडित पनि थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेको एक स्थानीयवासीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप