रश्मीलाई किन रामजीको ‘मायाकै पिरलो’ ?
काठमाडौं– चर्चित मोडल रश्मी भट्टले आफुलाई लोक गायक तथा मोडल रामजी खाँडको ‘मायाकै पिरलो’ लिएकी छन् । उनले रियल लाइफमा नभएर रिल लाइफमा खाँडको मायाको पिरलो भएको बताएकी हुन् । चर्चित लोकदोहोरी गायिका भूमिका गिरीको नयाँ लोकदोहोरी गीत ‘मायाकै पिरलो..’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय देख्न सकिन्छ ।
राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक समेत बनाइएको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केशव बडुको संगीत संयोजन रहेको गीतमा भूमिकालाई भागिरथ चलाउनेले स्वरमा साथ दिएका छन् । बालकदेखि बृद्धासम्मको मनछुने शब्दहरु रहेको गीतमार्फत गायक गायिकाले आफ्नो मायाको चिन्ता गरेका छन् ।
पछिल्लो समयकी निकै ब्यस्त लोक गायिका भूमिकाले गीत सबैले मन पराउनेमा आफु विश्वस्त रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान