बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वार्ताका लागि दक्षिण कोरियाली भूमीमा जानेछन् किम : यस्तो हुनेछ वार्तास्थल

बिहीबार, १३ वैशाख २०७५, १८ : ४०
बिहीबार, १३ वैशाख २०७५

सिओल । यसलाई ऐतिहासिक भेट भनिदैछ । यसले ६ दशकदेखि विभाजित कोरियाली प्रायद्विपमा शान्ति ल्याउन सक्ने आस गरिँदैछ । 

शुक्रबार विहान उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इनले दुई देशलाई छुट्टाउने गैरसैनिक क्षेत्रमा स्वागत गर्दैछन् ।

यो भेट दुई देशका शीर्ष नेताहरुबीचमा सन् २००७ पछि हुन लागेको पहिलो पटक भेट हो । 

यो वार्ताको परणामले यो पुस्ताको सबैभन्दा महत्वपूर्ण वार्ताको रुपमा बताइएको किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट निर्धारण हुनेछ । उनीहरु बीचमा मे वा जुनको शुरुमा भेट हुनेछ ।

यसरी हुनेछ वार्ता 

किमले दुई देशलाई छुट्याउने रङ्गाइएको ‘मिलिटरी डेमार्केशन लाइन’ पार गर्नेछन् । उनी स्थानीय समयको विहान ९ः३०(नेपाली समय ५ः१५ विहान) मा गैरसैनिक क्षेत्रको दक्षिण भागमा जानेछन् । त्यसलाई करोडौँले प्रत्यक्ष प्रशारण मार्फत हेर्नेछन् ।

त्यहाँ उनले राष्ट्रपति मूनलाई भेट्नेछन् । त्यसपछि दुईले गैर सैनिक क्षेत्रमा रहेका ‘सम्झौता गाँउ’मा रहेको ‘पिस हाउस’ भनिने सभा हलमा छोटो यात्रा गर्नेछन् । 

किम आफ्नी श्रीमती रि सोल जुका साथ वार्तामा जाने अनुमान गरिँदैछ । उनी अघिल्लो महिना बेइजिङ्गमा भएको भ्रमणमा पनि किमको साथ गएकी थिइन् ।

दक्षिण कोरियाले धेरैको नजर हुने यो वार्ताको तयारीमा कुनै कसर छाडेको छैन । उनीहरु भेट्ने कोठालाई दुई देशको सम्बन्धका धेरै संकेतहरु राखेर डिजाइन गरिएको छ ।

खाजाको लागि ब्रेक पछि किम र मूनले एक धुपीको बिरुवालाई दक्षिण कोरियाको माउण्ट हल्ला र उत्तर कोरियाको माउण्ट बेइक्दुबाट ल्याइएको माटो प्रयोग गरेर रोप्नेछन् । दिनभर विभिन्न चरणमा दुई देशको गुण भएका उपहार आदानप्रदान हुनेछ ।

जहाँ किम र मून भेट्नेछन् ।

के हासिल हुने सम्भावना छ ?

वार्ताका मुख्य तीन विषय छन् : कोरियाली प्रायद्विपको आणविक निसशस्त्रीकरण, द्विपक्षिय सम्बन्धमा सुधार र आधिकारिक शान्ति सम्झौता । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ भएको युद्ध सन् १९५३ मा भएको शान्तिवार्ता पछि रोकिएको थियो । तर कुनै सम्झौता नभएकाले प्राविधिकरुपमा हाल पनि दुबै देश युद्धमा रहेको मानिन्छ ।

यस वार्ताको सबैभन्दा जटिल मुद्धा भनेको उत्तर कोरियाको आणविक कार्यक्रम हुनेछ । किमले उनको बुवा वा हजुरबुवाले भन्दा धेरै मिसाइल परिक्षण सञ्चालन गरिसकेका छन् । उनले आफुसँग अमेरिकाको मुलभूमीसम्म मार हान्न सक्ने लामो दुरी मिसाइल भएको दावी गरिरहेका छन् ।

अघिल्लो हप्ता राष्ट्रपति मूनले उत्तर कोरियाले आणविक निशस्त्रिकरणको लागि दक्षिण कोरियामा तैनाथ रहेका अमेरिकी सेना हटाउनु पर्ने धेरै पहिलेदेखिको सर्त त्यागेको भनेका छन् । र, शनिबार किमले आफूले आणविक क्षमता परिक्षण रोक्ने बताए ।

तर विश्लेषकहरुले यी नरमतालाई शंकाको नजरले हेरेका छन् । उनीहरुले आणविक निसशस्त्रीकरण वार्ताको सबैभन्दा जटिल मुद्दा हुने बताउदै किम आफ्नो आणविक हतियार त्याग्न साँच्चै तयार नदेखिएको बताएका छन् ।

र यदी उत्तर कोरियाले आणविक निसशस्त्रिकरण गर्न मान्यो भने पनि पश्चिमलाई उसँग कतिवटा आणविक हतियार छ र ति कहाँ छ भन्ने थाहा छैन ।

अरु को–को सामेल छन् वार्तामा ?

यो वार्ता दुई कोरियाको मात्र होइन । चीन र अमेरिका पनि कोरियाली युद्धमा सहभागी थिए । त्यसैले शान्ति सम्झौताको सफलताको लागि उनीहरु यसमा हिस्सेदार हुनुपर्छ ।

अमेरिकाको लागि अन्तर–कोरियाली सम्मेलन धेरैले भनिरहेका मुख्य घटना ः किम र ट्रम्पबीचको भेटको लागि नापतौलको विषय पनि हुनेछ । शुक्रबार भएको सहमतिले त्यो भेटको लागि मार्ग बनाउनेछ र किमको एजेन्डाको लागि राम्रो अनुभुति प्रदान गर्छ ।

यो वार्तामा जापान र चीनका धेरै कुरा दाउमा हुनेछ ।

टोकियोलाई आफूलाई यो वार्ताबाट बाहिर राखिएको परिरहेको छ । उसलाई सम्झौतामा उत्तर कोरियालाई लामो दुरीबाहेकका मिसाइलहरु राख्न दिने छुट दिइएला भन्ने डर रहेको छ । छोटो दुरी र मध्यम दुरीको मिसाइलले जापानसम्म मार हान्न सक्छ ।

बेइजिङ्गलाई भने किम आफ्नो प्रभावबाट बाहिर जान लागेको भन्ने डर रहेको छ । यो सम्झौताले उत्तर कोरियालाई अमेरिका र उसका मित्र राष्ट्रहरुको नजिक पुराउँला भन्ने डर छ उसलाई ।

चीनलाई यो वार्तामा संलग्न गर्नु अमेरिका र दक्षिण कोरियाकै फाइदा हुनेछ अन्यथा उसले उत्तर कोरियामा हाल लगाइरहको नाकाबन्दी खोलिदिएमा तिनको उत्तर कोरियालाई आणविक अस्त्र निसशस्त्रीकरण गर्ने प्रयास खेर जान सक्छ । धेरै विज्ञहरुले पछिल्लो नाकाबन्दीले निम्त्याएको कठिनाईका कारण नै किम वार्तामा आएको विश्वास रहेको छ ।

हामीलाई के असर पर्छ ?

केही महिना अघि मात्र अमेरिका र उत्तर कोरिया युद्धको संघारमा भएको जस्तो देखिएको थियो । 

कोरियाली प्रायद्विपमा हुने जुनसुकै सैन्य मुडभेडले तत्कालै दक्षिण कोरिया र जापानमा ठूलो सङ्ख्यामा मान्छेहरु मर्नेर्छन । नेपालीहरुको ठूलो सङ्ख्या ति देशमा रहेकाले यो हाम्रो चासोको विषय हुन सक्छ । यसका साथै अमेरिका पनि उत्तर कोरियाको मिसाइल आक्रमणमा पर्न सक्छ । त्यसैले यदी कोरियाली प्रायद्विपमा युद्ध भड्किएमा द्वन्दले विश्वव्यापी रुप लिन सक्छ । त्यस्तो अवस्थामा विश्वको कुनै देश पनि अक्षुतो रहने छैनन् ।

तर पछिल्लो समय भएको कुटनीतिक प्रयासले यसमा केही सुधार आएको छ ।

सुरक्षाको अतिरिक्त सम्झौताले उत्तर कोरियाली सर्बसाधरणलाई पनि फाइदा पु¥याउने मानिएको छ । त्यहाँका धेरै मानिसहरुमा कुपोषण लागेको मानिन्छ । 

तथापी उत्तर कोरियाको मानव अधिकारको विषय भने यो वार्तामा मुख्य विषय हुने छैन ।

कसरी यो स्थानसम्म आइपुगियो ?

किमले वार्तामा आउने निर्णय किन गरे भन्ने कसैलाई पनि थाहा छैन तर विज्ञहरुले यसमा तीन तत्वको प्रभाव हुन सक्ने बताएका छन् ।

आर्थिक दबाब । उत्तर कोरियामा थपिएका पछिल्ला नाकाबन्दीले त्यहाँ निक्कै असर परेको छ । यसले किमलाई आर्थिक रुपमा कमजोर बनाएको छ । उत्तर कोरियाको परम्परागत मित्र चीनसँगको व्यापार लगभग ध्वस्त भएको छ ।

किम अन्तर्राष्ट्रिय पहिचानको भोको छन् । उनलाई आफ्नो आणविक हतियारले अन्तराष्ट्रिय मञ्चमा आफ्नो अढानलाई बल हुने लागेको छ । उनी विदेशी नेताहरुले आफूलाई दानव नभएर बराबर ठानुन भन्ने चाहन्छन् । मून र पछि ट्रम्पसँग वार्ता बसेपछि उनलाई देशभित्र विजयी मानिनेछ । किनकी उनले आफ्नो पिता र हजुरबुवाले हासिल नगरेको कुरा हासिल गरेका हुनेछन् ।

अन्त्यमा किमले समय लिनका लागि खेल खेलिरहेका हुनसक्छन् । ट्रम्प उनी प्रति निक्कै कढा रुपमा प्रस्तुत भइरहेको छन् । अझ पछिल्लो समय ट्रम्पले आफ्नो क्याविनेटमा उत्तर कोरियाप्रति कडा कारबाही गर्नु पर्छ भन्नेहरुलाई ल्याएका छन् । त्यसैले किमले अमेरिकासँग युद्ध हुने अनुमान गरेर आफ्नो परिवारीक बंश बचाउनको लागि वार्तालाई आवश्यक ठानेका हुनसक्छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप