शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन कानून तोडेकोमा विदेशमन्त्रीलाई अयोग्य घोषणा

बिहीबार, १३ वैशाख २०७५, २१ : ०१
बिहीबार, १३ वैशाख २०७५

पाकिस्तान । पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ । 

अदालतको पछिल्लो फैसलासँगै पाकिस्तानी सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टी ले अर्को ठूलो चोटको सामना गर्नुपरेको छ । 

यसै वर्षको निर्वाचन गर्न राष्ट्रव्यापी तयारीमा जुटेको सरकारका मन्त्री र सरकारको नेतृत्व गरेको दलका नेतालाई एकपछि अर्को अयोग्यताको विल्ला भिराइनुले सत्ताधारी दललाई नैतिक चोट लागेको छ । 

पिएमएलएनका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पाकिस्तानी सर्वोच्च अदालतले उनको परिवारमाथि लागेको आर्थिक अनियमितता तथा भ्रष्टाचार आरोपबारे विचार सुनाउँदै गत वर्षको जुलाईमा सत्तामा रहिरहँदा मुद्दा प्रभावित बन्नसक्ने भन्दै सरकारमा रहिरहन अयोग्य घोषणा गरेको थियो ।

त्यसपछि उनलाई सत्ताधारी दल पिएमएलको अध्यक्ष रहन पनि शरीफ अयोग्य भएको घोषणा अदालतले गरेको थियो । 

यसपहिले पाकिस्तानको रक्षा मन्त्रालय सम्हालेका असिफलाई संयुक्त अरब इमिरेट्सका लागि कैयौँ श्रम इजाजत पत्र घोषणा गर्न नसकेको, तथा पाकिस्तानको निर्वाचन कानूनको विपरीत काम हुने गरी निर्णय लिएकोलगायतका बिषयमा दोषी ठहर गर्दै पदमा रहन अयोग्य घोषणा गरिएको छ । 

“अदालतले प्रतिवादी असिफलाई सन् २०१३ को आम निर्वाचनमा प्रतिस्पर्धा गर्न नै अयोग्य रहेको ठहर गरेको छ,” अदालतको निर्णयमा भनिएको छ । 

पिएमएल–एनका इमान्दार मानिने नेता तथा शरीफका निकटस्थ असिफलाई पाकिस्तानको सैनिक संगठनमा राजनीतिक हस्तक्षेप गरेको भनी उनको आलोचना पनि गरिनेगर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप