शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको सबैभन्दा ‘खतरनाक स्थान’ जहाँ दुई कोरियाको भेट भयो

शुक्रबार, १४ वैशाख २०७५, ०८ : ३४
शुक्रबार, १४ वैशाख २०७५

बीबीसी

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा रहेको यो इलाकामा प्रवेश हुनुपूर्व जो कोहीले एक दस्तावेजमा हस्ताक्षर गर्नुपर्छ ।

दस्तावेजमा उक्त इलाकालाई खतरनाक भएको जानकारी दिँदै यहाँ आउने व्यक्ति सख्त घाइते भइ मृत्युसमेत हुनसक्ने चेतावनी दिइएको छ । यो त्यो क्षेत्र हो जहाँ दुई देशको साझेदारी छ ।

संसारको सबैभन्दा अशान्त मानिएको पनमुनजोम एउटा यस्तो कोरियाली प्रायद्वीप हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक रात दिन एक अर्कासँग आमनेसामने हुने गर्दछन् । सन् १९५३ को कोरियाली युद्धपछि यहाँ युद्ध विराम लागू छ ।

‘युद्ध विरामको गाउँ’

पनमुनजोम एउटा यस्तो गाउँ हो जहाँ दुई वर्षको मौनता, युद्धको तनाव र परमाणु हमलाको धम्कीपछि दुबै कोरियाली देशबिच वार्ता हुने भएको छ । उत्तर कोरियाली नेता किम जोंग उनको तर्फबाट शान्तीको पहलपछि यो वार्तामाथि कोसिस सुरु भयो ।

फेब्रुअरीमा हुने विन्टर ओलम्पिक (शीतकालीन ओलम्पिक) का लागि उत्तर कोरियाले आफ्नो समूह पठाउने बताएका छन् । र यससँगै पनमुनजोममा दुबै देशबिच कुराकानीका लागि ढोका खोलियो । यो इलाकामा हतियार राख्ने अनुमती छैन तरपछि यो क्षेत्र तनावग्रस्त छ ।

उत्तर केरिया र दक्षिण कोरियाको सीमामा रहेको पनमुनजोम चार किलोमिटर चौडा र २ सय ३८ लामो छ । यसैका लागि दुबै देशबीच विवाद पनि छ । पनमुनजोमका गतिविधीमा संसारभरीका मानिसको रुची छ । यहाँको जनसंख्या शून्य बराबर नै छ तर पनि यसलाई ‘युद्ध विरामको गाउँ’ भनिन्छ ।

संयुक्त निगरानी क्षेत्रः

ऐतिहासिक र भूराजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने पनमुनजोम आफैमा एक अचम्मको स्थान हो । सन् १९४८ मा जब उत्तर कोरिया र दक्षिण कोरिया अस्तित्वमा आए तब दुबै मुलुकलाई विभाजित गराउने भौगोलिक रेखालाई नै त्यसको अन्तर्राष्ट्रिय सीमा मानियो । सन् १९५३ मा भएको युद्धविरामपछि पनमुनजोम अस्तित्वमा आयो ।

यसलाई असैन्यकृत बनाइयो अर्थात् त्यो क्षेत्र जहाँ सेना बस्न पाउँदैन । र त्यतिबेलादेखि नै पनमुनजोम दुबै देशबिचको एक अशान्त क्षेत्र बनेको छ । शान्ती सम्झौता अनुसार अमेरिकाको दुई सैनिक ट्रुप दक्षिणतर्फ निगारानी राख्छ । उनीहरुलाई दक्षिण कोरियाली सैनिकले सहयोग गर्दछ ।

पनमुनजोममा एउटा यस्तो स्थान पनि छ जहाँ दुबै पक्षका सैनिक स्थाई रुपमा एक अर्काको आमनेसामने रहन्छन् । यसलाई ज्वाइन्ट सिक्योरिटी एरिया भनिन्छ । यहाँ नै सन् १९९१ सम्म संयुक्त राष्ट्रको कमान्ड र उत्तर कोरियाबिच वार्ता भएको थियो । ज्वाइन्ट सिक्योरिटी एरियामा एउटा अचम्मको कन्फरेन्स रुम छ जनु दुबै देशको जमिनमा बनेको छ ।

दुबै कोरियाली देशः

कन्फरेन्सको एउटा कुनाबाट अर्को कुनासम्म जाने व्यक्तिले वास्तवमा दुबै देशको सीमा पार गर्नसक्छ । न्यूयोर्कका थिंकट्यांक एशिया सोसाइटीका आइज्याक फिश स्टोनले पनमुनजोमको यात्रा गरिसकेका छन् । उनका अनुसार कन्फरेन्स रुममा एउटा यस्तो रेखा छ जसले दुबै कोरियाली देशलाई एक अर्काबाट अलग्गयाएको छ ।

आइज्याक फिश स्टोनले एक अन्तर्वार्तामा बताए अनुसार दुबै कोरियाली देशले यहाँ आउने पर्यटकलाई कन्फरेन्स रुमभित्रको सीमालाई पाँच ६ फुटसम्म पार गर्ने अनुमती दिन्छन् । तर वास्तविकता के हो भने यो पुरानो गाउँमा अब केही पनि बाँकी छैन ।

वर्षौंसम्म पनमुनगोम दुई देशको अन्तर्राष्ट्रिय सीमामा पर्ने केवल एउटा गाउँ थियो । तर समयसँगै उत्तर कोरियाबाट दक्षिण कोरियातर्फ पलायन हुने मानिसहरुका लागि यो एक ढोकाजस्तै बन्यो । यहाँ सयौं उत्तर कोरियाली जनताले आफ्नो ज्यान गुमाए ।

रिस्क टुरिजमः

तर जब उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढ्न थाल्यो र पनमुनजोममा दुबै देशबीच वार्ता हुन थाल्यो तब आन्तरिक र बाह्य पर्यटकको यो गाउँप्रति रुची बढ्न थाल्यो । अब यो गाउँ एक टुरिस्ट डेस्टिनेशनको रुपमा चर्चित छ ।

आइज्याक फिश स्टोनका अनुसार पनमुनजोमको लोकप्रियता यसकारण पनि बढ्यो किनभने दुबै देशले यसलाई आफ्नो प्रोपोगान्डा फैलाउनका लागि पनि प्रयोग गरे । उनीहरु यो गाउँमार्फत आफूहरुलाई अर्कोभन्दा उत्कृष्ट देखाउने कोसिस गर्दछन् ।

यदि कोही यहाँ दक्षिण कोरियाको तर्फबाट आउँछन् तब विभिन्न प्रकारका दस्तावेजमा हस्ताक्षर गराइन्छ र यदि कुनै दुर्घटना भए दक्षिण कोरियाले यसको जिम्मेवारी लिँदैन तर उत्तर कोरियाबाट कोही आएको छ भने त्यहाँ निकै रमाइलो स्थिती बन्छ  ।

एकीकरणको आशाः

स्टोन फिशका अनुसार जब उनी एक अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलको सहभागीको रुपमा त्यहाँ पुगे तब पनमुनजोमको स्थिती पार्टीजस्तो थियो । उत्तर कोरियाको तर्फबाट सीमामा एउटा यस्तो स्थान छ जहाँ पर्यटकहरुले रक्सीको मजा लिन सक्छन् ।

यी रक्सी जिनसेंगमा बनेको हुन्छ । यहाँ एउटा यस्तो रक्सी पनि पाइन्छ जसमा सर्पको विष मिसाइएको हुन्छ । नजिकै दोरासान रेलवे स्टेशन छ जहाँबाट प्योंगयांग र सोलका लागि रेल सेवा पाइन्छ । एक प्लेटफर्म छ जहाँ दुबै देशको सीमा छ । धेरैलाई यो आशा छ कि एक दिन दुबै कोरियाली देश एक हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप