शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर र दक्षिणको ऐतिहासिक मिलनका तस्विर

शुक्रबार, १४ वैशाख २०७५, ०८ : ५९
शुक्रबार, १४ वैशाख २०७५

उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा कोरियाली युद्धपछि ९जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए० दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

संसारको सबैभन्दा ‘खतरनाक स्थान’ जहाँ दुई कोरियाको भेट भयो

दुबै नेताबिच पनमुनजोममा बनेको पीस हाउसमा शिखर वार्ता हुनेछ ।

मूनलाई भेटेपछि किमले ठट्टा गर्दै भने, ‘उत्तर कोरियाको निकै चर्चित चिसो चाउचाउ ल्याएको छु’

पनमुनजोमा सैन्य सीमारेखा पार गरेपछि दुबै नेताले केही समयका लागि उत्तर कोरियाको सीमामा कदम राखे र दक्षिण कोरियामा बनेको पीस हाउसतर्फ अघि बढे ।

कोरियाली सरकारी टेलिभिजनले एक भिडियो जारी गरेको छ जसमा किम जोंग उन सैन्य सीमारेखा पार गरेपछि बच्चासँग देखिएका छन् ।

उत्तर कोरियाली नेता कारमार्फत सीमासम्म पुगे जहाँबाट उनीहरु आफ्ना प्रतिनिधिमण्डलसँग पीस हाउसमा पैदल हिँडे ।

दक्षिण कोरियामा लाखौं मानिसहरुले टेलिभिजनमा यो ऐतिहासिक क्षणलाई हेरे । उक्त भेटघाटको प्रत्यक्ष प्रसारण गरिएको छ ।

उक्त बैठकमा कोरियाली युद्धका कारण अलग भएका ६० हजार परिवारबारे पनि चर्चा हुने आशा गरिएको छ । साथै उत्तर कोरियामा राखिएका विदेशीको रिहाइएको चर्चा पनि हुनसक्ने बीबीसीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप