मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२०० वर्ष पुरानो पोखरीको पुनःनिर्माण

शुक्रबार, १४ वैशाख २०७५, १० : २५
शुक्रबार, १४ वैशाख २०७५

म्याग्दी -बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । 

बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए । 

पानीको स्रोत संरक्षणसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । एकसय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र पाँच फिट गहिराइ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले रु एक लाख र नगरपालिकाले रु ४० हजार अनुदान उपलब्ध गराएका थिए । 

स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप