शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्याँस र पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्ने सरकारको तयारी

शुक्रबार, १४ वैशाख २०७५, १५ : ०२
शुक्रबार, १४ वैशाख २०७५

काठामाडौं– उर्जा जलश्रोत तथा सिञ्चाइमन्त्री बर्षमान पुनले सरकारले ग्याँस र इन्धन आयात प्रतिस्थापन गर्ने तयारी गरेको बताएका छन् । 

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको नुवाकोटमा शिलान्यास गर्दै मन्त्री पुनले ग्यास र पेट्रोलियम पदार्थको आयात गर्दा ठूलो धनरासी बाहिरिने भएकाले सरकारले त्यसको विस्थापन गर्ने योजना बनाएको बताएका हुन् ।

‘अब घर–घरमा इन्डक्सन चुलो जोडिन्छ, त्यसका लागि सरकारले विशेष योजना बनाउँदैछ’ मन्त्री पुनले भने ।  

उनले विद्युतको राष्ट्रिय प्रसार लाइनमा सौय उर्जा र वायू उर्जा जोड्ने गृहकार्य भइरहेको भन्दै दशहजार मेगावाट विद्युत उत्पादन हुँदा १ हजार वायु र सौर्य उर्जा मिक्स गर्ने तयारीमा सरकार लागिरहेको बताए ।  

त्यस्तै, मन्त्री पुनले केन्द्रीय विद्युत नपुगेका ठाउँमा सरकारले सोलार ग्रीड पुर्याउने समेत बताए ।

‘भारतबाट ईन्धन आयात प्रतिस्थापन गर्नेतर्फ सरकार लागिरहेको छ ।  हरेक बर्ष रु एक खर्बभन्दा बढि इन्धनमा र २४ अर्ब ग्याँस आयातमा खर्च हुन्छ । यसो भए बढ्दो व्यापार घाटा समेत कम गर्ने सकिन्छ’ मन्त्री पुनको भनाई थियो ।

तीन करोड ८० लाख अमेरिकी डलरमा बन्ने नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास

व्यापार घाटा कम गर्ने उपायमध्ये विद्युत उत्पादन र त्यसको प्रयोग एक माध्यम भएको भन्दै उनले ४ वर्ष अघि २२ खर्ब रहेको राष्ट्रिय उत्पादन अहिले ३० खर्बमा पुगेको जानकारी दिए ।

‘केही मात्रामा राष्ट्रिय उत्पादन त बढेको छ तरपनि सन्तोष गर्ने ठाउँ छैन’ मन्त्री पुनले बताए ।

उनले आगामी १० बर्षलाई उर्जा दशकका रुपमा बनाउन सरकारको प्रयास रहने जनाए ।  नुवाकोटको विदुरनगरपालिका वडा नं ६ मा उद्घाटन भएको सोलर ग्रीड १० महिनाभित्र सञ्चालमा ल्याउने तयारी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप