नेविसंघ बैठक चल्दाचल्दै केन्द्रीय कार्यालयको हस्तक्षेप, बैठक रोक्न निर्देशन
काठमाडौँ । नेविसंघ सभापति नैनसिंह महरसँग असन्तुष्ट समूहले बोलाएको केन्द्रीय समिति वैठकलाई रोक्न काँग्रेस केन्द्रिय समितिले परिपत्र गरेको छ ।
महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले परिपत्र गरेका हुन् ।
विहिबार चलिरहेको वैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । निर्देशनमा नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमितीको नाममा पार्टी केन्द्रबाट निर्देशन प्राप्त नहुञ्जेलसम्म बैठक नगराउन भनिएको छ ।
बहुमत निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयवाट पत्र आएको काफ्लेले बताए ।
पत्र आउनुपुर्व एक मात्रै निर्णय भएको उनले जनाए । निर्वाचित ८४ केन्द्रिय सदस्य बैठकमा उपस्थित भएको काफ्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस सिटिइभिटी विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान