शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोनिका महर्जन वल्र्ड र्याङ्किङमा दोश्रो

शुक्रबार, २१ वैशाख २०७५, १८ : २०
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौं– ख्यातिप्राप्त एसोसियसन अफ चार्टड सर्टिफाई अकाउन्टस् (एसिसिए) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार सिसिए स्कुल अफ अकाउन्टेन्सीकी छात्रा सोनिका महर्जन वल्र्ड र्याङ्किमा दोश्रो स्थानमा परेकी छन् ।  

महर्जनले नेपालको शैक्षिक गुणस्तरलाई विश्वसामु परिचित बनाउन सफल भएको भन्दै सीसीए स्कुल अफ अकाउन्टेन्सीले सम्मान समेथ गरेको छ । अकाउन्टेन्सीले नेपाल र्याङ्किङ तथा वल्र्ड  र्याङ्किङ (world Ranking/ nepali  Ranking ) अन्र्तगतका विद्यार्थीहरुलाई सम्मान कार्यक्रमको आयोजाना गरि पुरस्कार समेत वितरण गरेको हो ।

विगतमा एसीसीए पढ्नेहरुको संख्या न्यून भए पनि पछिल्लो समयमा एसीसीए पढ्नेको संख्या बढेको छ । सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रमुख रविन कटुवालले एसीसीए शिक्षा नेपालमा समेत उपयोगी भएको हुदा पढ्नेको सख्या दिन दिनै बढदै गएको बताए ।

कलेजका अध्यक्ष विक्रान्त आर्चायले आफ्नो विद्यालयले वल्र्ड र्याङ्किङमा दोस्रो स्थान हात पार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै विद्यालयलाई थप सुधार गर्दै प्रथम गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप