शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनिषा मृत्यु प्रकरणः मुख्यमन्त्री शाहीले दिए तत्काल छानविनको निर्देशन

शुक्रबार, २१ वैशाख २०७५, १८ : ३४
शुक्रबार, २१ वैशाख २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पत्ताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको लापरवाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तहरुलाई भेट्न आज अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिएका हुन् । 

प्रसुति व्यथा लागेर बिहीबार क्षेत्रीय अस्पत्ताल पुगेकी सिंहको आज विहान निधन भएको थियो । कालिकोट घर भएकी सिंहको निधनलगत्तै अस्पत्ताल पुगेका आफन्तहरुले बिहान ११ वजे भर्ना गरिएकोमा राती १२ बजे मात्र डक्टरले चेकजाँच गरेको भन्दै अस्पत्तालको लापरवाहीको कारण मुत्यु भएको दाबी गरेका छन् । 

बिहान १० वजे क्षेत्रीय अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पताल प्रमुख डम्बर खड्कासँग जानकारी लिनुका साथै मृतकका आफन्तजनसँग भेट गरेका थिए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पत्ताल पुगेकी महिलाको मृत्यु हुनु दुःखद भएको बताए । 

स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरवाही देखिए कारबाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप