शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा एक नेपालीको मृत्यु

बिहीबार, २७ वैशाख २०७५, ०८ : २४
बिहीबार, २७ वैशाख २०७५

राजविराज - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । 

सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए । 

उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए । 

सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाई उमेश साहले बताए । 

यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारजनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप