शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा पुगेकी मिस नेपालका पोज

आइतबार, ३० वैशाख २०७५, १६ : २५
आइतबार, ३० वैशाख २०७५

काठमाडौं– शृङखला खतिवडा अहिलेकी मिस नेपाल हुन् । भर्खरै सम्पन्न ‘मिस नेपाल २०१८’मा शिर्ष उपाधी जितेकी शृङ्खलाको अहिले चर्चा चुलिँदो छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी थिइन् ।
हेटौंडा स्थायी घर भएकी २२ वर्षिया आर्किटेक्चर इन्जिनियर समेत रहेकी शृङखलालाई सार्वजनिक कार्यक्रममा देख्न बिरलै पाइन्छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरको अनुमति बाहेक उनी अर्काे मिस नेपाल नछानिएसम्म कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन पाउँदिनन् ।

शनिबार भने उनी प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा देखिइन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन उनी सो स्थानमा पुगेकी हुन् । 

दुई कलरको स्कटमा सजिएर कार्यक्रममा सहभागी भएकी शृङखलाको सो पहिरनमा सौदर्य खुलेको देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी अगाडी उनले केही तस्बिर समेत खिचाएकी थिइन् ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप