म्याग्दीको तातोपानीमा भीषण बाढी, दुई घर पुरियो, आधा दर्जन घरमा क्षति
धिरन खत्री
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भीषण बर्षापछिको बाढीले २ घरमा पूर्ण क्षति गरेको छ । दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लट्टे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहेका वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार, भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगको बाढी बस्तीतर्फ पसेपछि अन्य घरहरुमा पनि क्षति पुर्याइएको छ । स्थानीय रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरसँगै पौडेलको स्टेशनरी र किराना पसलमा समेत बाढीले क्षती पुर्याएको छ । बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घरहरु प्रभावित भएका छन् ।
अहिले प्रहरी र स्थानीयबासीले बाढी पहिरोबाट प्रभावित भएका घरहरुको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । त्यसैगरि बाढीको कारण बेनी –जोमसोम सडक खण्ड अन्र्तगत पर्ने बेगखोलामा बाढी आएपछि अहिले सवारी साधन वारपार हुन सकिरहेका छैनन् । मुक्तिनाथ तिर्थयात्रीहरु लगायतका सर्वसाधारण विचबाटोमा अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत