बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली साहित्य विकास परिषद यूकेमा नयाँ कार्यसमिति

सोमबार, ३१ वैशाख २०७५, १० : ४६
सोमबार, ३१ वैशाख २०७५

लण्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ । साधारण सभाले आगामी २ बर्षका लागि एघारौ कार्य समिति गठन गरेको हो ।

साधारणसभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा चयन भएको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा बाबु केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशम अर्याल छन् भने उपाध्यक्षहरुमा

बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ बसन्त रायक्षेत्री रहेका छन् । महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान निर्वाचित भएका छन् भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ रहेका छन् ।

परिषदमा अधिकारसम्पन्न  ९ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । जसको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसादधिताल र सल्लाहकारहरूमा सुरेशजंग शाह, हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा,घन बहादुरथापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजुथापा र कमल  भण्डारी रहेका छन् ।

परिषदको साधारण सभालाई पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले सम्बोधन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप