शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मा स्कूलमा, छोरी कविता चलचित्रमा

सोमबार, ३१ वैशाख २०७५, ११ : २१
सोमबार, ३१ वैशाख २०७५

काठमाडौँ । चलचित्र अभिनयमा कलाकारको सन्तान प्रवेशको क्रम बढ्दो छ । यस्तैमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिने भएकी छन् ।

कविता पुराना अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेकी हुन् ।

‘एउटा यस्तो प्रेम कहानी’ दीपेश सापकोटाले निर्देशन गर्न लागेका हुन् । निर्देशक सापकोटाले कविताले आफ्नो चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेको बताए । उनले शिव श्रेष्ठका छोरा शक्ति र करिश्मकी छोरी कवितालाई छिट्टै चलचित्रको कलाकारको रुपमा सार्वजनिक गर्ने जानकारी समेत दिए ।

केही पहिले अभिनेत्री करिश्माले आफ्नै होम प्रोडक्शनको चलचित्रबाट छोरीलाई डेब्यु गराउने बताएकी थिइन् । तर, अहिले भने उनले छोरीलाई शिवको चलचित्रबाट डेब्यु गराउन लागेकी हुन् । 

यो पनि पढ्नुहोस्

‘डाक्टर’ करिश्मा मानन्धर !

अध्यानका लागि लामो समयदेखि अमेरिका बस्दै आएकी कविता गत बर्षबाट स्वदेशमै छिन् । 

‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र हो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायतको अभिनय समेत रहनेछ । चलचित्रको अहिले छायाँकन भइरहेको निर्माण युनिटले जनाएका छन् ।

अभिनेत्री करिश्मा भने अहिले अभिनयलाई पाखा लगाएर अध्यायनका लागि स्कूल जान थालेकी छन् । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् ।

यो समय उनकी छोरी कविता अभिनयमा आउनुलाई धेरैले चासोका रुपमा हेर्न थालेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप