शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उड्दा उड्दै विमानको सीसा फुट्यो, पाइलट आधा बाहिर

बुधबार, ०२ जेठ २०७५, ०८ : २२
बुधबार, ०२ जेठ २०७५

बीबीसी

हवाई जहाज हावामा थियो तब अगाडिको सीसा टुट्यो र विमानको पाइलट आधा बाहिर ।

यो कुनै हलिउड फिल्मको दृश्य नभई चीनको यात्री विमानमा घटित वास्तविक घटना हो ।

रोचक कुरा के छ भने, विमानका अर्का पाइलटले आफ्ना को–पाइलटलाई भित्र तानेर ज्यान जोगाए र विमानलाई आकस्मिक अवतरण गराए । विमानमा सवार सबै यात्री सुरक्षित छन् ।

क्याप्टेन लियो च्वान जीएनले एयरबस ए–३१९, ३२ हजार फिटको उचाईमा उडिरहेका बेला ककपिटमा पड्केको आवाज आयो ।

उनले चेंगडु इकोनोमिक डेलीसँग भने, ‘यस्तो हुने कुनै चेतावनी थिएन ।’

‘विन्डशिल्ड अचानक टुट्यो र ठूलो स्वरमा पड्किएको आवाज आयो । र मैले देखें कि मेरा को–पाइलट विन्डशिल्डभन्दा आधा बाहिर निस्किएका थिए ।’

को–पाइलटले सिट बेल्ड लगाएका कारण ठूलो दुर्घटना हुनबाट बच्यो । उनलाई तानेर भित्र ल्याइयो । यसैबीच प्रेशर र खस्कँदो तापक्रमका कारण विमानको उपकरणमा खराबी आउन थाल्यो ।

क्याप्टेनले भने, ‘ककपिटको हरेक सामान हावामा उडिरहेको थियो । म रेडियो सुन्न सकिरहेको थिइनँ । प्लेन यति जोडसँग हल्लिरहेको थियो कि मैले त्यसलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ ।’

दुर्घटना कसरी ?

दुर्घटनाका बेला सिचुआन एयरलाइन्स 3U8633  दक्षिण–पश्चिम चीनको चोंग–चिंगबाट तिब्बतको ल्हासा जाँदै थियो ।

यात्रीलाई बिहानको नास्ता दिने क्रममा अचानक विमान ३२ हजार फिटको उचाईबाट खसेर २४ हजार फिटको उचाईमा आयो ।

एक यात्रीले आफ्नो अनुभव साझा गर्दै भने, ‘के भइरहेको छ, हामीलाई केही थाहा थिएन । निकै आत्तिएका थियौं । अक्सिजन मास्क तल आएको थियो । विमान खसिरहेको महसुस भएको थियो तर केही पलमा नै त्यो सम्हालियो ।’

चीनका नागरिक उड्डयन विभागले को–पाइलटको नारी मर्किएको र उनको अनुहारमा केही चोट लागेको जानकारी दियो ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार १ सय १९ यात्रु भएको उक्त विमानलाई सुरक्षित ल्यान्डिङ गराइयो । विमानमा उत्रिएपछि चेंगडुमा करिब २७ यात्रीको स्वास्थ्य परिक्षण गराइयो ।

त्यसपछि ५० बढी यात्रीले ल्हासा जानका लागि अर्को विमान बुक गरे ।

विमानलाई सुरक्षित तरिकाले अवतरण गराएकोमा क्याप्टेन लियोको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन् । चीनको माइक्रो ब्लगिङ साइट सिना बिबोमा मंगलबार  #ChinaHeroPilot    ट्रेन्ड गरिरहेको छ । यसले १६ करोड भ्युज र १.७८ करोड कमेन्ट पायो ।

त्यस्तै #SichuanAirlinesWindscreenGlassCracked ह्यासट्याग ले ६.८ करोड भ्युज र ४९ हजार कमेन्ट्स पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप