शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसको प्रवासी भातृसंगठनमा आस्था बिन्दु बिजयी

बुधबार, ०२ जेठ २०७५, ०९ : ३२
बुधबार, ०२ जेठ २०७५

सियोल - नेपाली कांग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल बिजयी भएकी छन् । 

आइतबार भएको निर्वाचनमा निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल बिजयी भएकी हुन् । 

बिजयी भएपछि मल्लले आफुलाई दिएको जिम्मेवारीलाई अझ ससक्त ढंगले अगाडि बढाउने  तथा सबैलाई साथ लिएर नेपालीको हक हितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

तनहुँ स्थायी घर भएकी मल्ल लामो समयदेखि कोरियामा बसोबास गर्दै आएकी छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ५ औं अधिवेशनमा भएको निर्वाचनमा आस्थाबिन्दु मल्लको पक्षमा ९६ मत परेको थियो भने भजिन्द्र क्षेत्रीको पक्षमा ५९ मत खसेको थियो ।

निर्वाचनमा उपसभापति जितेद्र महता, लक्ष्मण दाहाल, सुभाष योगी निर्वाचित भएका छन् । महामन्त्रीमा कुमार थापालगायत मल्लको प्यालननै बिजयी भएको हो । 

अधिवेशनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरु अधिवेशसमा सहभागी भएका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप