चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । आज बसेको कार्यसमितिको बैठकले पुरस्कार र सम्मानको निर्णय गरेको हो । संघले जनाएअनुसार यस बर्षको पुरस्कार चलचित्र पत्रकार संघ नेपालका पूर्व उपाध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साल दिने भएको छ ।
त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको रासी २१ हजार नगद, ताम्रपत्र र ट्रफी रहेको छ ।
सोही कार्यक्रममा फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिदैंछ । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
पुरस्कार र सम्मान संघले आगामी ७ जेठमा हुन गइरहेको १९ औं स्थापना दिवसको अवसरमा प्रदान गर्ने अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ