केन्द्रीय संस्करण

बाल्यकालका साथीको नजरमा दिवंगत क्याप्टेन भट्टराई

person access_timeजेठ २, २०७५ chat_bubble_outline0

काठमाडौ–  घडीमा दिउँसोको २ बजेको थियो । 

ललितपुरको कुमारीपाटीस्थित ३ तल्लाको रातो र सेतो कलर लगाएको घर । 

घरको आँगनमा आफन्तजनको चहलपहल ।  

कोही प्लास्टिकको कुर्सीमा थिए भने कोही बिना चप्पल हात काखीमा च्याँप्दै निन्याउरो अनुहार लगाएर उभिरहेका थिए । 
सबै चुपचाप थिए । 

कोही पनि एकअर्कासँग बोल्न सक्ने अवस्थामा थिएनन् ।

घरको पहिलो तल्लाको एउटा कोठामा केही मान्छेको भिड थियो । 

त्यहाँबाट कोही रोइरहेको आवाज सुनिन्थ्यो । 

कोही सम्झाउदै थिए भने कसैले पत्रिकाले हम्कदै थिए । 

आज जहाज दूर्घटनामा मुत्यु भएका पाईलट किरण भट्टराईको परिवारमा उनको मृत्यु भयो भन्ने कुराको जानकारी थिएन ।

जहाज हराएको भन्ने कुरा मिडियामा आएपछि परिवारले वास्तविक कुरा पत्ता लगाउन सकेका थिएनन् । 

किरणको घरमा पुग्दा उनका बाल्यकालका साथी ज्योती बिष्टसँग हाम्रो भेट भयो ।

उनी आफ्नो काम छाडेर किरणको परिवालाई सम्हाल्न आएका थिए ।  

क्याप्टेन किरण भट्टराई : दुईवटा दुर्घटनामा भाग्यले बाँचे, तर अहिले...

ज्योतीको नजरमा किरणको बाल्यकालः
किरणको पाइलट जीवन सुरु भएको २० वर्ष भन्दा धेरै भयो । यति अनुभवी व्यक्तिप्रति भएको यो घट्नाको मैले विश्वासनै गर्न सकेको छैन् । साथीमा पनि मेरो निकै मिल्ने साथी हो किरण । अमेरिकाको टेक्सासबाट पाइलट अध्ययन सकेका किरण काममा निकै मेहनेती थिए ।

अमेरिकाबाट फर्केपछि किरणले निकन, बुद्ध, सिता एयर, आरएनएसीमा काम गरिसकेका छन् । आरएनएसीमा ढेड वर्ष काम गरेपछि किरणले नर्थ चाइनामा तालिमको लागि जानुपर्ने भयो । नर्थ चाईनामा असाध्यै चिसो हुने भएकोले उनले नेपालमै तालिम लिने चाइना नजाने अडान कम्पनीसँग लिए । किरणको कुराको सुनुवाई नभएपछि उनले  राजीनामा दिएर मकालु एयरमा क्याप्टेनको जिम्मेवारी पाए । मकालुमा उनले जिम्मेवारी लिएको एकवर्ष मात्रै भयो ।

किरणका बाल्यकालका साथी ज्योती बिष्ट

किरणको मुत्युपछि उनको परिवार झनै एक्लो बनेको छ । किरण परिवारको एक्लो छोरा हुन् । उनको एक जना बहिनी छिन् । केही वर्ष पहिला उनका बाबा–आमा दुबैको मुत्यु भइसकेको छ । उनको परिवार वि.सं. २०२२ सालमा जलेश्वरबाट ललितपुर आएका थिए । 
उनको परिवारमा श्रीमतीसहित १६ र १७ वर्षका दुई छोरा छन् । मेरो र किरणको उमेर उस्तै/उस्तै भए पनि अध्ययन्मा म भन्दा अगाडि थिए किरण ।

 किरण मेरो मिल्ने साथी मात्रै होइन, देशको एक ईमान्दार पाईलट पनि हुन् । मैले दूर्घटनाबारे आज साढे १० बजेतिरमात्रै थाहा पाए । मेरो आजभन्दा ५ महिना पहिला किरणसँग अन्तिम भेट भएको थियो । त्यो समयमा टोलमा सरसफाई अभियान चलिरहेको थियो ।

सरसफाई अभियानमा सहभागी भैरहेको बेला मैले तल आईज भनेर सडकबाटै किरणलाई बोलाएको थिए । उनले त्यसबेला आफ्नो घरमा काम भएकोले आउन नसक्ने प्रतिक्रिया दिएका थिए । उनले भनेको अहिले म झल्झली सम्झिरहेको छु । मेरो मिल्ने साथीसँग यो नै अन्तिम कुराकानी हुन्छ भन्ने मैले कहिल्यै सोचेको थिइँन् । 

किरण मेरो अति मिल्ने साथी भए पनि व्यवहारिक कामले गर्दा हामीलाई भेट्ने समय निकाल्न निकै गाह्रो हुन्थ्यो ।  कामले गर्दा पछिल्लो समय किरणसँग मेरो भेट पातलिँदै गएको थियो । २/३ हप्तामा किरण घर आइरहन्थे ।

दिवंगत क्याप्टेन भट्टराईको ललितपुरस्थित घर 

 किरण राम्रो खेलाडी हुन्
किरण साथीभाईको नजरमा निकै इमान्दार मात्रै होइन, राम्रो टेबुलटेनिस खेलाडी पनि हुन् । टेबुलटेनिस उनको मनपर्ने खेल हो । उसको लागि परिवारले कोठामै टेबुलटेनिसको बोर्ड राखिदिएको थियो । हामी सँगै खेल्ने गथ्र्याै । किरणको फुटबलमा पनि निकै रुचि थियो ।

दक्षिणकाली क्लबबाट फुटबल खेल्दा ३ वर्षसम्म हामी दोस्रो नम्बरमा थियौं । त्यसमा किरणको निकै ठूलो भूमिका थियो । खासै नबोल्ने शान्त स्वभावका किरण धेरै साथी बनाउन चाहँदैन थिए । चित्त नबुझेको कुराको प्रतिक्रिया दिने किरण मन परेको साथीसँग मात्रै समय बिताउँथे । 
 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीका लागि  स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ