बुधबार सेयर बजार बढे पनि कारोबारमा किन देखिएन उत्साह ?
काठमाडौं–बुधबार नेप्से परिसुचक ४.१६ अंकले बढेर १३३८.०१ बिन्दु कायम भएको छ । कारोबारमा आएका १५८ कम्पनीको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । बजार समग्रमा ०.३१ प्रतिशतले बढेको हो । फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै कम्पनीमा हरियाली देखिएको छ ।
फाइनान्स समुह २.८४ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन तर्फ ६.८४ अंकले गिरावट आएको छ । आज सबैभन्दा बढी होटल समुह ४६.१४ अंकले बढेको छ भने माइक्रोफाइनान्स तर्फ २२.८४ अंकको बृद्धि भएको छ । यता जलविद्युत तर्फ १३.१३ अंकको बृद्धि भएको हो ।
बजार बढ्दा सबैभन्दा बढी वमी माइक्रो फाइनान्सको १ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपार दुसञ्चार कम्पनी (एनटीसी) को बढी कारोबार भएको छ । एनटीसीको ८२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो । मंगलबारको तुलनामा बजार बढेपनि कारोबार भने सन्तोषजनक देखि छैन । अहिले लगानीकर्ताहरु केवासी अपडेट गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी