बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टिल, सिमेन्ट र उर्जा क्षेत्रको औद्योगिक बिकास बारे “नेपाल ट्रेड समिट” भोलीबाट

बुधबार, ०२ जेठ २०७५, १९ : ५०
बुधबार, ०२ जेठ २०७५

काठमाण्डौ । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले नेपाल टे«ड समिटको आयोजना हुने भएको छ । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे जानकारी दिइने छ ।

यहि जेठ ३  र ४ गते होटल सोल्टीमा नेपाल ट्रेड समिटको आयोजना हुने भएको हो ।  नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने यस कार्यक्रममा ३०० भन्दा बढि प्रतिनीधीहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ता रहने आयोजकको भनाई छ । जेठ ३ गते साँझ प्राबिधिक सत्र हुने र ४ गते शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको उद्घाटन गर्नेछन् । नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसै गरि भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरुका प्रतिनिधीहरुबाट कार्यपत्र प्रस्तुत गर्नेछन् ।

समिटमा चिन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसर, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्थो, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप