बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अजय देवगनको हेलिकोप्टर दुर्घटना ? यस्तो छ वास्तविकता

बिहीबार, ०३ जेठ २०७५, ०७ : ४३
बिहीबार, ०३ जेठ २०७५

मंगलबार बेलुका सोसल साइटमा बलिउड नायक अजय देवगनको हेलिकोप्टर दुर्घटना भएको खबरले निकै तहल्का मच्चायो । अजय चढेको हेलिकोप्टर महाराष्ट्रको महाबलेश्वरमा दुर्घटना भएको बताइएको थियो ।

यहाँसम्म कि उनलाई चोट लागेको फोटो पनि सार्वजनिक भए । यद्यपी, यी सबै खबर मात्र एक अफवाह भएको भारतीय समाचार माध्यमले दाबी गरेका छन् । उनका सार्वजनिक भएका तस्बिरलाई पनि फेक बताइएको छ ।

उनको कुनै दुर्घटना नभएको र पूर्ण रुपमा सुरक्षित भएको स्रोतले जानकारी दिएको छ । महाबलेश्वरका स्थानीय पुलिसले अजय देवगनको दुर्घटना नभएको पुष्टि गरेका छन् ।

पुलिसले भने, ‘ह्वाट्सएपमा भाइरल भइरहेको अजय देवगनको दुर्घटनाको खबर पूर्ण रुपमा फर्जी हो ।’

मेसेज कहाँबाट फैलियो भन्ने बारे अनुसन्धान थालिएको पुलिसले बताएको छ ।

महाबलेश्वर थानाका वरिष्ठ अधिकारीले भने, ‘अजय देवगनको यदि दुर्घटना भएको हो भने यसबारे सबैभन्दा पहिले हामीलाई थाहा हुनु पर्दथ्यो । सोसल मिडियामा खबर पछि हामीले अनुसन्धान थाल्यौं । पछि थाहा भयो, दुर्घटनाबारेको खबर पूर्ण रुपमा फर्जी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप