शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्रीजमान चम्केपछि एथ्लेटिकोलाई किर्तिमानी तेस्रो युरोपा लिग उपाधि

बिहीबार, ०३ जेठ २०७५, ०८ : ०१
बिहीबार, ०३ जेठ २०७५

म्याड्रिड । एन्टोनियो ग्रीजमानले दुई गोल गरेपछि एथ्लेटिको म्याड्रिडले फ्रेन्च क्लब मार्सेलाई पराजित गर्दै पछिल्ला ९ वर्षमा तेस्रो युरोपा लिगको उपाधि जित्न सफल भएको छ ।

यसअघि एथ्लेटिकोले सन् २०१० र २०१२ मा यो उपाधि जितेको थियो ।

एथ्लेटिकोसँगै अर्को स्पेनिस क्लब सेभियाले यो प्रतियोगिता सर्वाधिक तीन पटक जितेको छ ।

फ्रान्सका फरवार्ड ग्रीजमानले खेलको २१ औँ मिनेटमा आन्द्रे जाम्बोको गल्तीको फाइदा उठाउँदै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको शुरुवातमा नै उनले एथ्लेटिको अग्रता दोब्बर बनाए ।

खेल सकिन लाग्दा कप्तान गाबीले गोल गरेपछि एथ्लेटिकोले ३–० को सहज जित हासिल गर्यो ।

ग्रीजमानको पहिलो गोलअघि मार्सेका फरवार्ड भालेरे जर्मेनले गोल गर्ने सुन्दर अवसर गुमाएका थिए ।

घाइते हुँदै खेल गुमाउने आशंका रहेका मार्सेका कप्तान डिमिट्री पायेटले केवल आधा घण्टामात्र मैदानमा बिताए । उनले रुँदै मैदान छाडेका थिए ।

एथ्लेटिको म्याड्रिड पछिल्लो समय युरोपमा स्थिर प्रदर्शन गर्ने टोलीमा पर्दछ ।

एथ्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडको अधिपत्य तोड्दै सन् २०१३–१४ मा ला लिगाको उपाधि जितेको थियो । 

दुईवटा च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि एथ्लेटिको चिरप्रतिद्वन्द्वी रियलसँग पराजित भएको थियो ।

सन् २०१३–१४ सिजन यता स्पेनिस क्लबले पछिल्ला ९ मध्ये ८ वटा च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितेको छ । यसबीचमा म्यान्चेस्टर युनाइटेडले मात्र गत सिजन युरोपा लिग जितेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप