शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राहुलको ९४ रन खेर, मुम्बईसँग पञ्जाब ३ रनले पराजित

बिहीबार, ०३ जेठ २०७५, ०८ : १९
बिहीबार, ०३ जेठ २०७५

मुम्बई । निकै रोमाञ्चक खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई ३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले प्लेअफमा छनौट हुने सम्भावना बलियो बलियो बनाएको छ ।

मुम्बईले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रनमा सिमित बनेको हो ।

लोकेस राहुलले ६० बलमा ९४ रन बनाएपनि पञ्जाबको मध्यक्रमले साथ नदिँदा पञ्जाबले हार बेहोर्नुपर्यो ।

राहुलले ९४ रन बनाउने क्रममा ३ छक्का र १० चौका हिर्काए ।

उनलाई एरोन फिन्चले ३५ बलमा ४६ रन बनाउँदै राम्रो साथ दिए । तर, पञ्जाबका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन बनाउन सकेनन् ।

मुम्बाईका लागि जसप्रीत बुमराहले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर पञ्जाबका तीन विकेट लिए भने मिचेल म्याकक्लेगनले २ विकेट लिए ।

यसअघि, केरन पोलार्डको २३ बलमा बनाएको अर्धशतकको मद्दतले मुम्बईले ८ विकेटको क्षतिमो १ सय ८६ रन बनाएको थियो ।

पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३ छक्का र ५ चौका हिर्काए ।

क्रुनाल पाण्डेयाले ३२ रन बनाए भने ओपनर सूर्यकुमार यादवले २७ रनको योगदान दिए ।

पञ्जाबका लागि एन्ड्रु टायले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए भने कप्तान रविचन्द्र आश्विनले २ विकेट लिए ।

जीतपछि मुम्बई र पञ्जाबको १३ खेलपछि १२ अंक रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप