बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेनीले ४३ वर्षपछि शोलेमा ‘गब्बर’को भूमिका छोड्नुको कारण खुलाए

बिहीबार, ०३ जेठ २०७५, ०९ : ३९
बिहीबार, ०३ जेठ २०७५

थुप्रै फिल्ममा भिलेनको भूमिका निर्वाह गर्ने डेनी डेन्जोंगपा यस वर्ष तीन फिल्ममा देखा पर्दैछन् । डेनीको ‘बायोस्कोपवाला’, ‘मणिकर्णिकाः क्वीन अफ झांसी’ र ‘ब्याटल अफ सारागढी’ रिलिज हुने तयारीमा छन् ।

उनलाई अन्तिम पटक एक वर्ष अघि रिलिज भएको फिल्म ‘नाम शबाना’ मा देखिएको थियो । यद्यपी, यसमा उनको सानो भूमिका थियो ।

तपाईंमध्ये धेरैलाई थाहा नहोला, थुप्रै हिट फिल्म दिने डेनीलाई ब्लकबस्टर फिल्म ‘शोले’ मा गब्बर सिंहको रोल अफर गरिएको थियो । तर उनले उक्त अफरलाई अस्विकार गरिदिए ।

फिल्म रिलिज भएको ४३ वर्षपछि उनले उक्त फिल्म स्विकार नगर्नुको कारण बताए ।

एक भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा आफू अर्को फिल्ममा आबद्ध भइसकेकाले उक्त फिल्ममा गब्बरको भूमिकालाई गुमाउनु परेको जानकारी दिए ।

उनले भने, ‘शोलेका निर्देशक रमेश सिप्पीले फिल्मका लागि अफर गर्दा मैले ‘धर्मात्मा’ फिल्मका लागि फिरोज खानलाई बचन दिइसकेको थिएँ । फिरोज खानले अफगानिस्तानमा सुटिङको अनुमती पनि लिइसकेका थिए । त्यसकारण सुटिङलाई सार्न पनि सकिँदैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप