केन्द्रीय संस्करण

यस्तो छ  बिहिबारको विदेशी मुद्राको विनिमयदर

person access_timeजेठ ३, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरीकी डलरको खरिददर १०८.१८ रुपैयाँ र बिक्रिदर १०८.७८ रुपैयाँ तोकेको छ । 

यस्तै नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.४७ रुपैयाँ र बिक्रिदर १२८.१८ रुपैयाँ तोकेको छ । 
 

अष्ट्रेलियन एक डलरको खरिददर ८१ रुपैयाँ र बिक्रिदर ८१.४५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८४.११ रुपैयाँ र बिक्रिदर ८४.५८ रुपैयाँ रहेको छ । 

यता, एक कतारी रियालको खरिददर २९.७१ रुपैयाँ र बिक्रिदर २९.८८ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.२७ रुपैयाँ र बिक्रिदर २७.४२ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५८.२६ रुपैयाँ र बिक्रिदर ३६०.२५ रुपैयाँ रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ