शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा रेलले २५ सेकेण्ड छिटो स्टेशन छाडेपछि सञ्चालकले मागे यात्रुसँग माफी

बिहीबार, ०३ जेठ २०७५, १२ : १६
बिहीबार, ०३ जेठ २०७५

टोकियो–एक जापानी रेल कम्पनीले आफ्नो एक रेलले २५ सेकेण्ड अघि नै  स्टेशन छाडेपछि माफी मागेको छ । केही महिनाभित्र भएको यो दोश्रो घटना हो ।

रेल संचालकले क्षमायाचना पत्र जारी गर्दै भनेका छन् “यसले हाम्रो ग्राहकमाथि परेको ठूलो असुविधा क्षमायोग्य छैन ।”

केही महिना अघि नोभेम्बरमा अर्को एक ट्रेन २० सेकेण्ड अघि स्टेशन छाडेको थियो । त्यो बेला पनि यस्तै क्षमा मागिएको थियो ।

रेल संचालकले क्षमायाचना मागेको यो खबरको विश्वभरी समाजिक संजालमा अचम्म मानेर चर्चा भइरहेको छ ।

जापान टुडेको अनुसार शुक्रबार एक रेलका कण्डक्टरले नाटोगवा स्टेशनबाट आफ्नो रेल ०७ः११ मा निस्कने समय तालिका भएको सोचेका थिए । तर खासमा रेल छुट्ने समय तालिका ०७ः१२ मा थियो ।
रेलको ढोका एक मिनेट अघिनै बन्द गरेपछि मात्र उनलाई आफ्नो गल्तीको ज्ञान भयो, उनलाई आफ्नो यस गल्तीमा लज्जा बोध भयो । र केही सेकेण्ड उने रोके पनि ।

तर प्लाटफर्ममा कुनै यात्रुहरु नदेखेपछि उनले रेल अघि बढाउने सोचे र समय तालिकभन्दा चाडै निस्किए । स्टेशनबाट रेल समय तालिका भन्दा २५ सेकेण्ड चाडैं निस्किएको थियो ।
तर पछि केही यात्रुहरुले रेल चढ्न बाँकी रहेको थाहा भएको थियो ।

प्लाटफर्ममा छाडिएका ती यात्रुहरुले रेल संचालकहरुलाई यसबारे गुनासो गरे । त्यसपछि एक अधिकारीले तत्कालै वक्तव्य जारी गरेर क्षमायाचना मागेका थिए ।

अघिल्लो नोभेम्बरमा भएको घटनामा टोकियो र सुकुवाबीच चल्ने सुकुवा एक्सप्रेस रेलका व्यवस्थापकले यस घटनाबाट पुगेको ‘असुविधाका लागि इमान्दारीपूर्वक क्षमायाचना’ मागेको भनेका थिए ।
त्यो समयमा पनि कण्डक्टरमा रेल छुट्ने समयबारे भएको भ्रमको कारणले गल्ती भएको थियो । त्यस बखत भने कुनै यात्रु छुटेका थिएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप