शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालो हरिण मुद्दाबारे प्रश्न सोध्दा सलमानको प्रतिप्रश्नः ‘के सोच्नुभएको थियो ? के म सधैंका लागि जेलमा बस्नेछु ?’

बिहीबार, ०३ जेठ २०७५, १३ : ०१
बिहीबार, ०३ जेठ २०७५

बलिउड नायक सलमान खानले कालो हरिण मुद्दाबारे पहिलो पटक मुख फोरेका छन् । उनलाई बहुप्रतिक्षित फिल्म ‘रेस थ्री’ को ट्रेलर लञ्चिङ कार्यक्रममा यसबारे सोधिएको हो ।

यद्यपी, पत्रकारले आफ्नो प्रश्न टुङ्ग्याउन नपाउँदै कार्यक्रम प्रस्तोताले बीचमा नै रोकेर भने, ‘जोधपुर मुद्दा र कर्नाटक चुनावका प्रश्नहरु सोध्न पाइने छैन ।’

आफ्नो प्रश्न रेस थ्रीसँग सम्बन्धित भएको बताएपछि, उनलाई प्रश्न टुङ्ग्याउन अनुमती दिइयो ।  

मंगलबार आयोजित उक्त कार्यक्रममा एक पत्रकारले उनलाई सोधे, ‘के ब्ल्याक बक मुद्दामा जेल परेपछि तपाईंमाथि लगानी भएको करोडौं रुपैयाँबारे चिन्ता लागेको थियो ? ’

जवाफमा सलमानले भने, ‘तपाईंले के सोच्नुभएको थियो ? के म सधैंका लागि जेलमा नै बस्नेछु ?’

भारतीय संचार माध्यमका अनुसार सलमानको प्रश्नको जवाफमा ती पत्रकारले ‘होइन’ भनेपछि उनले ‘धन्यवाद’ भनेका थिए ।

स्मरण रहोस्, सलमानलाई २० वर्ष पुरानो कालो हरिण शिकार मामलामा जोधपुर कोर्टले पाँच वर्षको सजायँ सुनाएको थियो । त्यसपछि सलमान जेल जानु परेको थियो । यद्यपी, उनले दुई दिनपछि नै जमानत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप