शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से परिसूचक १.६४ अंकले बृद्धि

बिहीबार, ०३ जेठ २०७५, १५ : ४६
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं–बिहिबार नेप्से परिसुचक १.६४ अंकले बढेर १३३९.६५ बिन्दुमा अडिएको छ । 

अघिल्लो कारोबारको तुलनामा कारोबार रकम केही बढेको छ । यस दिन २८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा १५४ कम्पनी सामेल भए । आज ५ वटा समुहमा ओरालो लागेको छ भने ५ वटा समुह उकालो लागेको छ ।

 सबैभन्दा बढी उत्पादन तथा प्रशोधन तर्फ १५.९६ अंकले घटेको छ । बिमा समुहतर्फ २८.७२ अंकले बढेको छ भने जलविद्युत तर्फ ४.७९ अंकको बृद्धि भएको छ । 

यस दिन वमी माइक्रो फाइनान्सको सबैभन्दा बढी २ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।  नेपाल बैंकको ९७  लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  यता प्रभु इ्रन्सुरेन्सको ९० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम कम हुनुले लगानीकर्ताहरुले अझै पनि केवाइसी अपडेट नगराइसकेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप