शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीमा अब के–के थपियो शक्ति ?
काठमाडौं– एमाले–माओवादी पार्टीको एकीकरण भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुबै पार्टी एकीकरण गरी नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी बनाएको घोषणा गरिएको हो ।
त्यसअघि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको थियो ।
४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको नयाँ पार्टी अब नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी भएको छ ।
अव यो पार्टी गत निर्वाचनमा पाएको मतको आधारमा ४५ लाख मतदाता भएको पार्टी बनेको छ भने १७५ निर्वाचन क्षेत्रमध्ये ११६ स्थानमा प्रत्यक्ष निर्वाचन जितेको पार्टी भएको छ । त्यस्तै प्रतिनिधिसभामा रहेको २७५ सिटमध्ये यो पार्टीको मात्रै १७५ सिट भएको छ । त्यसैगरी राष्ट्रियसभाका ५९ सिटमध्ये यो पार्टीको पक्षमा ४२ सांसद रहेका छन् ।
सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यो पार्टीको सरकार र ७५३ स्थानीइ निकायमध्ये ४५ प्रतिशत यो पार्टीले निर्वाचन जितेको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति