शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकको चितवन टाँडीमा नयाँ शाखा विस्तार

बिहीबार, ०३ जेठ २०७५, १८ : १५
बिहीबार, ०३ जेठ २०७५

चितवन । एभरेष्ट बैंकले चितवनको टाँडीमा नयाा शाखाबाट औपचारिक कारोवार सुरुवात गरेको छ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै आएको जनाएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । 

हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप