केन्द्रीय संस्करण

मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा क्षेत्र : उर्जामन्त्री पुन

person access_timeजेठ ३, २०७५ chat_bubble_outline0
file-photo

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा क्षेत्रलाई बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

मन्त्री पुनले उद्योग र कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकारले उर्जा र सिचाईं क्षेत्रको विकासका लागि आवश्यक पहल गरिरहेको पनि स्पष्ट पारे । 

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उर्जा क्षेत्रको विकासका लागि विशेष योजना अघि सार्ने पनि बताए । 

मन्त्री पुनले उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुलाई पनि पुनः आग्रह गरे ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ