बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रअ उपस्थित नहुँदा पठनपाठन प्रभावित

बिहीबार, ०३ जेठ २०७५, १८ : २५
बिहीबार, ०३ जेठ २०७५

-संजय मिश्रा

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत टेग्राहास्थित आधाभूत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक पछिल्लो एक सातादेखि विद्यालयमा अनुपस्थित रहँदै आएका छन् ।

फतुवा विजयपुर नगरपालिका–४ स्थित अधारभूत निमाविका प्रधानाध्यापक रामज्ञाप्रसाद यादव कार्यरत विद्यालयमा गत एक सातादेखि अनुपस्थित रहँदा अध्ययनअध्यापनमा निकै समस्या उत्पन्न भएको वडाध्यक्ष ब्रम्हनारायण यादवले बताए । 

२५० जना विद्यार्थीहरु रहेको उक्त निमाविमा कार्यरत ८ जना शिक्षकहरु दैनिक रुपमा उपस्थित भएपनि बिना सूचना प्रअ यादव अनुपस्थित रहँदै आउँदा शिक्षकहरुलाई चक, डस्टरलगायतका सहयोगी सामग्रीहरुको अभावमा अध्यापन गराउनमा निकै समस्याहरु आईरहेको गुनासो शिक्षकहरुले गरेका वडाध्यक्ष यादवले बताए । 

वडाध्यक्ष यादवकाअनुसार छात्रछात्राहरुलाई छात्रवृति बापत आएको रकम वितरण नगरी प्रअले विद्यालयको कम्पाउण्ड वाल लगाएको तथा अहिलेसम्म अधिकांश विद्यार्थीहरु पाठ्यपुस्तकबाट वञ्चित रहनुपरेको परिवेशमा एक सातादेखि प्रअ यादव बिना सूचना विद्यालयमा अनुपस्थित रहँदा अध्ययन अध्यापनमा निकै समस्या उत्पन्न भएको हो । 

छात्रवृतिको रकमलगायतका अन्य शीर्षकको रकम अन्यत्र खर्च गरेका प्रअलाई आवश्यक कारवाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको तथा दक्ष प्रअलाई यस विद्यालयमा ल्याएर अध्ययन अध्यापन गराउने समेत उनले जानकारी दिए ।

प्रअ रामाज्ञा यादवसँग यस विषयबारे प्रतिक्रिया लिनको लागि सम्पर्क गर्न खोज्दा यादवसँग हुन सकेको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप