बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु लाइफ इन्स्योरेन्सको लेखनाथ शाखा शुभारम्भ

बिहीबार, ०३ जेठ २०७५, १८ : ३७
बिहीबार, ०३ जेठ २०७५

पोखरा । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको लेखनाथमा आफ्नो शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ ।

कम्पनीको संस्थागत शेयरधनी सांग्रिला बिकास बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गर्दै प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । उनले अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित आएको र कम्पनीले व्यवसायीक उचाई हासील गर्ने विश्वास व्यक्त गरे । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप