शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब नयाँ युगको सुरुवात भयो, पछाडि फर्किने पुल भत्काइयोः प्रचण्ड

बिहीबार, ०३ जेठ २०७५, १८ : ५२
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले  अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् ।

उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै  भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।  

बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई   आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए । 

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै  स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए । 

उनले आम जनभावनाअनुसार  एमाले र माओवादी एकजुट भएको पनि बताए ।  जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको  स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो । 

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका  व्यक्त गरेको स्मरण गर्दै  प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने   आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप