शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरल र उपयुक्त पार्किङका लागि विकल्प खोज्दै कामपा

बिहीबार, ०३ जेठ २०७५, १८ : ५४
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दिगो, सरल र उपयुक्त पार्किङ गर्नका लागि अन्य विकल्प खोजी गरिरहेको छ । 

कामपाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा ठूलो समस्याका रुपमा रहेको सवारी साधन व्यवस्थापनका लागि नयाँ विकल्प खोजिरहेको जानकारी दिँदै भने, ‘भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन्, बाँकी समय पार्किङ गरिएका हुनाले पार्किङको समस्या भएको हो ।’

कामपाले पार्किङ व्यवस्थापनमा प्रविधिको खोजी जारी राखेको छ । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले क्षेत्रगत विज्ञ र सरोकार भएका पक्षसँग उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजनामा छलफल गरिरहेको छ । नयाँ सडक र दरबार मार्गजस्ता अन्य केही व्यस्त ठाउँमा स्मार्ट पार्किङ निर्माण गरिनुपर्ने सहभागीको जोड थियो । 

कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले तत्काल समाधान मात्रै नभई सधैँका लागि सुविधा उपयोग गर्ने गरी सडक व्यवस्थापनलाई सडक अनुशासनसँग जोडेर काम अघि बढाउनुपर्ने बताए । 

कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले प्रविधिको प्रयोग गरेर पार्किङ व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप