शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकता घोषणा सभामा ओलीः टेप्पो चलाएकाे हाेर ? जेट विमानमा दुई जना पाइलट हुन्छन्

बिहीबार, ०३ जेठ २०७५, १० : ००
बिहीबार, ०३ जेठ २०७५

 काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताएका छन् । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए । 

‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो  भन्ने लाग्ला ।  टेप्पो चलाएकाे हाेर ?  जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले बिहिबार राष्ट्रियसभागृहमा आयोजित पार्टी एकता घोषणासभामा भने । 

उनले  आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’
उनले  पुष्पलालले ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए । 

‘पुष्पलालजीले त्यतिबेला कम्युनिष्ट पार्टीको स्थापना नगरेको  भए आज एकीकरणको चर्चा गर्ने सायद ठाउँ पनि हुँदैन थियो’, ओलीले भने, ‘ पुष्पलाल अहिले भइराखेको भएको भए उहाँ खुसीले नाच्नु हुन्थ्यो ।’

ओलीले   दुई तिहाई सामान्य जोडघटाउको मात्रै भएको भन्दै अर्को चुनावमा तीन चौथाई जित हासिल गरिने पनि दाबी गरे ।   

उनले अब पार्टी एकतासँगै आफूहरु विकास र समृद्धि तर्फको यात्रामा अघि बढेको पनि बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप