बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्गर खाने प्रतिस्पर्धा जिते तर पेट नै फुट्यो !

सोमबार, २६ असार २०७४, १४ : ४६
सोमबार, २६ असार २०७४

भारतको राजधानी स्थित एक रेष्टुरेन्टले चिल्ली बर्गर खाने एक प्रतिस्पर्धाको आयोजना गरेको थियो । अफर थियो जसले सबैभन्दा धेरै खान्छ, ती व्यक्तिले  एक महिनाभरी रेष्टुरेन्टमा निःशुल्का खाना पाउनेछ । दिल्ली युनिभर्सिटी (डियू) का एक विद्यार्थीले यसमा बाजी मारे तर यो चक्करको उनको पेटको भित्री भाग फुटेको छ जसका कारण उनले शल्यक्रिया गराउनुपर्यो र लिक्विड डाइटमा बस्नुपर्यो ।

डियूमा दोस्रो वर्षका विद्यार्थी गर्व गुप्ताका अनुसार राजोरी गार्डनस्थित रेष्टुरेन्टमा भएको उक्त प्रतिस्पर्धामा उनले आफ्ना साथीहरुसँग भाग लिएका थिए ।

उनले भने, ‘मैले सबैले भन्दा धेरै खाएँ । भोली पल्टदेखि मलाई समस्या हुन थाल्यो । त्यसपछि रगत बान्ता भएपछि मलाई डर लाग्यो । उपचारका लागि अस्पताल जाँदा चिल्ली बर्गरका कारण मेरो पेटको यस्तो हाल भयो ।’

गर्व जब उपचारका लागि बिएलके सुपर स्पेशलिटी अस्पताल पुगे तब डाक्टर पनि अचम्मित भए । डाक्टर दीप गोयलले इन्डोस्कोपीमार्फत हेर्दा उनको पेटको इनर लाइनिङ फुटेको पत्ता लगाए । लाइनिङको जति एरिया फुटेको थियो त्यसलाई शल्यक्रियामार्फत बाहिर निकालियो । जुन बाँकी थियो त्यसलाई ठिक गर्नका लागि औषधी दिइयो । फुटेको लाइनिङलाई उपचारमार्फत ठिक गर्न सम्भव नभएकाले शल्यक्रियामार्फत बाहिर निकालिएको डाक्टरले बताए ।

 डाक्टर गोयलका अनुसार इनर लाइनिङले पेटलाई सुरक्षा प्रदान गर्दछ त्यसकारण यसलाई प्रोटेक्टिभ लाइनिङ पनि भनिन्छ । यसले पेटभित्र एसिड बनाउँछ । हर्मोन र इन्जाइमको निष्कासन गर्दछ । पेटलाई संक्रमणबाट पनि जोगाउँछ । यसमा समस्या आए पेटभित्र विभिन्न समस्या निम्तिने गर्दछन् त्यसलाई यसलाई जोगाउनु पर्ने डाक्टरको सल्लाह छ ।

डाक्टर गोयलले भने, ‘खुर्सानी एसिडिक हुन्छ र यसले एसिडिती बनाउने गर्दछ । अत्यधिक मात्रामा यसको प्रयोगले लाइनिङमा असर पुर्याउँछ । अल्सर वा रक्सीका कारण पेटभित्रका समस्या लिएर थुप्रै मानिस अस्पताल आउने गर्दछन् तर चिल्ली बर्गर खाएका कारण लाइनिङ फुटेको यो पहिलो घटना हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप