बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिबन्ध हटाउनुअघि साउदीले किन गर्यो देशको तेस्रो शक्तिशाली महिलालगायत ६ जनामाथि कारवाही ?

आइतबार, ०६ जेठ २०७५, ०८ : ०७
आइतबार, ०६ जेठ २०७५

साउदी अरबमा महिला अधिकारका लागि काम गर्ने सात कार्यकर्तालाई साउदी अधिकारीले पक्राउ गरेको मानवअधिकार समूहले बताएको छ ।

अबको केही हप्तापछि साउदीमा महिला ड्राइभिङमाथिको प्रतिबन्ध पूर्ण रुपमा हट्नेछ ।

सात कार्यकर्तालाई पक्राउ गर्नुको कारण स्पष्ट हुन सकेको छैन तर महिला अधिकारका लागि काम गर्ने कार्यकर्ताका अनुसार यो कदम महिलालाई चुप राख्नका लागि गरिएको हो ।

यता, साउदी अरबको सरकारी समाचार च्यानलले उनीहरु विदेशी शक्तिसँगको सम्पर्कमा भएकाले पक्राउ गरिएको जानकारी दिएको छ ।

साउदीमा महिलाका लागि कडा कानून बनाइएको छ । महिलाले थुप्रै निर्णय र कामका लागि पुरुषको स्विकृती लिनुपर्छ ।

को हुन् यी कार्यकर्ता ?

पक्राउ गरिएका कूल सात कार्यकर्तामध्ये दुई महिला छन् । लुजेन अल–हथलाउल र उमान अल–नफ्जान नाम गरिएका महिलाले लगातार महिला ड्राइभिङमाथि लागेको प्रतिबन्धको विरोध गरेका थिए । यद्यपी, यो प्रतिबन्ध २४ जूनबाट समाप्त हुँदैछ ।

ह्युमन राइट वाच संगठनका अनुसार हथलाउल र नफ्जानले सन् २०१६ मा पुरुष अभिभावक प्रणाली (मेल गार्जियनशीप सिस्टम) लाई रद्द गर्नुपर्ने याचिकामाथि हस्ताक्षर गरेका थिए । यस प्रणालीअन्तर्गत महिलाको विदेश यात्र र पुरुष अभिभावकको स्विकृतीबिना विवाह र पासपोर्ट बनाउन अनुमती थिएन ।

पहिले पनि चर्चामाः

हथलाउललाई पहिले पनि दुईपटक पक्राउ गरिसकिएको छ । पहिलो पटक उनलाई सन् २०१४ मा संयुक्त अरब इमिरेट्समा सीमा पार गर्ने कोसिस गरिरहेका बेला पक्राउ गरिएको थियो । सजायँ स्वरुप उनलाई ७३ दिनसम्म हिरासतमा राखिएको थियो ।

दोस्रोपटक सन् २०१७ को जूनमा उनलाई दम्माम एयरपोर्टमा अवतरण गरेलगत्तै पक्राउ गरिएको थियो । यद्यपी, उनलाई केही दिनपछि नै रिहा गरिएको थियो ।

सन् २०१५ को साउदीमा सबैभन्दा शक्तिशाली महिलाको सूचीमा हथलाउलले तेस्रो स्थान हाँसिल गरेकी थिइन् । यस्तै सन् २०१६ मा आयोजना भएको ‘वन योंग वर्ल्ड समित’ मा उनी नव विवाहित डचेज अफ ससेक्स मेगन मार्कलजस्ता हाई–प्रोफाइल व्यक्तित्वसँग देखिएकी थिइन् ।

नफ्जान पनि सन् २०१३ मा चर्चामा आइन् जब उनी एक अन्य महिला कार्यकर्तासँग साउदीको राजधानीमा गाली चलाइरहेकी थिइन् । उनको तस्बिर सार्वजनिक भएपछि पुलिसले उनलाई पक्राउ गरेको थियो ।

नफ्जानलाई पछि रिहा गरियो तर उनले दोस्रोपटक गाडी नचलाउने शर्त राखिएको पत्रमा हस्ताक्षर गर्न अस्विकार गरेकी थिइन् ।

कार्यकर्तामाथि के गरियो ?

ह्यूमन राइट वाचका अनुसार ती कार्यकर्तालाई मे १५ तारिखमा पक्राउ गरिएको थियो तर पक्राउका लागि कुनै कारण बताइएको थिएन ।

मानवअधिकार समूहका अनुसार यी कार्यकर्तालाई पछिल्लो वर्ष सेप्टेम्बरमा शाही अदालतबाट फोन आएको थियो जसमा उनीहरुलाई मिडियासँग कुरा नगर्न चेतावनी दिइएको थियो ।

बयानमा भनिएको छ, ‘यो फोन त्यही दिन आएको थियो जुन दिन महिला ड्राइभिङमाथिको प्रतिबन्ध हटाउने घोषणा गरिएको थियो ।’

ह्युमन राइट वाचको मध्य पूर्वकी अध्यक्ष सारा लीह विट्सन भन्छिन्, ‘यस्तो लाग्छ की यी कार्यकर्ताको अपराध यो थियो कि उनीहरुले महिलाका लागि ड्राइभिङको अधिकारबारे आवाज उठाएका थिए ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप