बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डायनाको औंठी लगाएर विवाहको रिसेप्सनमा पुगिन् मेगन (फोटोफिचर)

आइतबार, ०६ जेठ २०७५, ०९ : ०३
आइतबार, ०६ जेठ २०७५

शनिबार बेलुका फ्रोगमोर हाउसमा आयोजित रिसेप्सनमा राजकुमार ह्यारीकी नव दुलही मेगन मर्केल दिवंगत सासू डायनाको औंठीसहित उपस्थित भइन् ।

कुनै बेला डायनाले लगाउने गरेको अक्वामरिन औंठी डायनाले दाहिने हातको साँहिली औंलामा लगाएकी थिइन् ।

यस्तै, नव विवाहित दम्पत्ती सन् १९६८ मा बनेको इलेक्ट्रिक कारमा चढेर रिसेप्सन स्थल पुगेका थिए । उक्त कारको नम्बर प्लेटमा विवाहको मिती राखिएको थियो ।  

मेगनले बेलुका लगाएको हाईनेक गाउन स्टेला म्याक कार्टनीले तयार गरेकी हुन् भने उनले सिल्की स्याटिनको अक्वाजुर्रा जुत्ता लगाएकी थिइन् ।

उनको कपाल जर्ज नर्थवुडले डिजाइन गरेका थिए ।

रिसेप्सन पार्टी बेलुका ७ः१५ बाट सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप