शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शाही विवाहअघि बेहुलीको हुन्थ्यो कुमारित्व परिक्षण, राजकुमारी डायनाले पनि गर्नुपरेको थियो सामना

आइतबार, ०६ जेठ २०७५, ०९ : ४१
आइतबार, ०६ जेठ २०७५

अमेरिकी नायिका मेगन मर्केल ब्रिटेनका राजकुमार ह्यारीसँग विवाहपश्चात् डचेज अफ ससेक्स भएकी छिन् । अब उनले राजपरिवारको विभिन्न नियमसँग साझेदारी गर्नुपर्छ । तर उनी एउटा यस्तो नियमबाट बचेकी छिन् जुन निकै विवदास्पद भनिन्थ्यो ।

पप सुगर डट कमका अनुसार पुरानो समयमा जुन महिलाको विवाह राजपरिवारमा हुन्थ्यो, उनीहरुमाथि कुमारित्व परीक्षण गर्नुपर्ने नियम लागु गरिएको थियो ।

सन् १९८१ को फेब्रअरीमा जब राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग विवाह भयो तब डायनाको परिवारले पनि डायना कुमारी भएको पुष्टि गर्नुपरेको थियो ।

टीनाद्वारा लेखिएको जीवनी ‘द डायना क्रोनिकल्स’का अनुसार रानी एलिजाबेथ ।। ले डायनालाई आफ्ना छोराका लागि छान्नुको मुख्य कारण यो थियो कि उनी ‘अत्यधिक सोझी’ थिइन् र उनको कोही पुरुषसँग प्रेम सम्बन्ध थिएन ।

यद्यपी, कुमारीत्व पुष्टि गर्नका लागि कुनै नियम भने लागु गरिएको थिएन । अहिले राजपरिवारलाई आफ्नै तरिकाले जीवनयापनका लागि प्रोत्साहित गरिन्छ । आधुनिक जोडीझैं राजकुमार विलियम्स र केट मिडल्टन विवाह अघि नै सँगै बसेका थिए, ह्यारी र मेगनले पनि यस्तै गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप