शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कक्षा १० मा अध्ययनरत विद्यार्थी मृतावस्थामा फेला

आइतबार, ०६ जेठ २०७५, १० : ३९
आइतबार, ०६ जेठ २०७५

धनुषा-जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । 

जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए । राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए । 

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामान प्रहरीले नियन्त्रण लिएर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको बताए । 
 प्रउ थपिलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदनपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने बताए । 

यसैबीच मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएपछि प्याब्सन धनुषा, एनप्याब्सन धनुषा र मधेश प्याब्सन धनुषाले आज एक दिने शोक बिदा घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप