शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवादीत साउथ चाइना सीमा पहिलोपटक चीनको बम्बर विमान

आइतबार, ०६ जेठ २०७५, ११ : ०८
आइतबार, ०६ जेठ २०७५

बेइजिङ । विवादीत साउथ चाइना सीमा आवस्थित टापुमा चीनले पहिलो पटक बम्बर विमान अवतरण गराएको छ ।

योलगत्तै अमेरिकाले चीनको कदमले यो क्षेत्रमा अस्थिरता निम्ताउन सक्ने चेतानवी दिएको छ ।

लामो दुरीको एच–६के बम्बरसहित अन्यले टापुमा सैन्य अभ्यास गरेको थियो । चीनले ‘सबै क्षेत्रहरुमा पहुँच’ सुधार गर्न यस्तो अभ्यास गरेको बताएको छ ।

साउथ चाइना सी एक मुख्य व्यापारिक रुटमा पर्दछ जसमाथि ६ राष्ट्रले दाबी गर्दै आएको छ ।

चीनमाथि यो क्षेत्रमा ब्यापक सैन्यकरण गरेको आरोप लाग्दै आएको छ ।

चीनको पछिल्लो कदमले यो क्षेत्रमा थप तनाव निम्ताउन सक्ने अनुमान गरिएको छ ।

बेइजिङको रक्षा मन्त्रालयले ती बम्बर विमान कहाँ अवतरण गरे भन्ने नखुलाए पनि अभ्यासमा सामेल भएको बताएको छ ।

एसिया मारिटाइम ट्रान्सपरेन्सी इनिसिएटिभ (एएमटीआइ) का अनुसार पिपल्स डेली पत्रिकाले जारी गरेको भिडियोमा एच–६के बम्बर वुडी आइल्याण्डमा रहेको चिनियाँ बेसमा अवतरण र उडान भर्दै गरेको देखाइएको छ ।

वुडी आइल्याण्डलाई चीनले योङसिङ भन्ने गर्छ जसमाथि भियतनाम र ताइवानले पनि दाबी गर्दछ । यो पारासेल्स टापुहरुको समूहमा रहेको सबैभन्दा ठूलो टापु पनि हो ।

यसअघि चीनले वुडी आइल्याण्डमा फाइटर विमान राखे पनि बम्बर विमानलाई राखेको पहिलो पटक हो ।

एएमटीआईका अनुसार उक्त टापुबाट एच–६के बम्बर दक्षिणपूर्वी एसियाको जुनै पनि देशसम्म पुग्न सक्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप