शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरोको क्यामरामा कैद भएकी यौनकर्मी आमाका १७ तस्बिर

आइतबार, ०६ जेठ २०७५, ११ : १८
आइतबार, ०६ जेठ २०७५

यो फोटो स्टोरीले म र मेरी आमाबीचको सम्बन्ध बयान गर्दछ । मेरी आमा र म दुई भिन्न दिशामा रह्यौं । दुई भिन्न व्यक्ति । ओडिशाको मलकानगिरी (यहाँ म जन्मिएको थिएँ) बाट उनलाई वेस्ट बंगालमा बेचियो । उनलाई यसका लागि बाध्य बनाइयो । म आफ्नी हजुरआमासँग कोलकोताबाट आफ्नी आमा खोज्दै आएँ । सुरुमा हामी (म र मेरी आमा कविता) एक अर्काका लागि अपरिचितझैं थियौं । पूर्ण रुपमा अन्जान । तर फोटोग्राफीले हामीलाई एक अर्कासँग जोड्न मद्दत गर्यो । म यसलाई ‘क्यामरामार्फत् गरिने संवाद’ भन्न रुचाउँछु । किनभने क्यामराको माध्यमले नै मैले आफ्नी आमासँग कुरा गर्न सकेको छु ।

मलाई आमाको व्यवसाय मन पर्दैनथ्यो । यो स्वभाविक पनि थियो । तर बिस्तारै मलाई लाग्यो कि यो कोमल सम्बन्ध थप बलियो बनाउन सकिन्छ । मैले जतिजति उनको तस्बिर खिच्न सुरु गरें त्यती नै उनी नजिक भएको आभाष भयो ।  

कुनै छोराका लागि आफ्नी यौनकर्मी आमाको तस्बिर खिच्नु निकै कष्टकर हुन्छ । कम्तीमा मैले यो अनुभव गरिरहेको थिएँ । अनेकन चुनौती र समस्याका बाबजुद मैले उनको तस्बिर खिचिरहें । मलाई यो पनि थाहा थियो कि मैले समाजले बनाएको रुढीवादी सोच र नियमलाई चोट पुर्याइरहेको थिएँ । परम्पराविरुद्ध काम गरिरहेको थिएँ ।

मेरो फोटोग्राफीको यात्रा सन् २००० मा सुरु भयो । मैले ‘इम्पावरिङ सेक्स वर्कर्स चिल्ड्रेन थ्रु फोटोग्राफी सपोर्टेड बाई युनिसेफ’ प्रोजेक्टअन्तर्गत काम गरें ।

पहिलो दिन मलाई याद छ, जब एक मध्यस्थकर्ता हाम्रो गाउँमा आएर ‘सबैभन्दा बढी कसको माया लाग्छ’ भनी सोधे । म निकै लजालु थिएँ र उनको प्रश्नको उत्तर दिन डराइरहेको थिएँ । मैले केही समयपछि अन्नतः बिना हिच्किचाहट जवाफ दिएँ, ‘म मेरी आमालाई माया गर्छु ।’

दोस्रो प्रश्न थियो ‘किन’ । यो पटक मैले एकैपटक भनें, ‘मलाई उनको निकै याद आउँछ । म उनलाई मिस गर्छु ।’ उनले मलाई एउटा सानो क्यामरा दिए र आफ्नी आमा, परिवार र आमा बस्ने, घुम्ने स्थानहरुको तस्बिर खिच्न आग्रह गरे । उनले यसका लागि तस्बिर खिच्ने तरिका पनि सिकाए ।

मैले देशका विभिन्न स्थान र संसारभरीबाट कथित ‘रेड लाइट एरिया’ का तस्बिर खिच्ने फोटोग्राफर देखेको छु । सभ्य समाज र बाहिरका मानिसहरुले हाम्रो एरियालाई ‘रेड लाइट’ भन्छन् । तर म यहाँकै बासिन्दा भएको नाताले म यसलाई कहिले पनि ‘रेड लाइट’ को रुपमा देख्दिनँ ।

यस्तै, यहाँको बासिन्दा भएको नाताले आफ्नै आमाको तस्बिर खिच्नु निकै चुनौतीपूर्ण काम थियो । यो साँच्चै नै गाह्रो काम थियो । आफ्नोको सामना गर्नु सबैभन्दा मुश्किल हुन्छ सायद ।

त्यतिबेलासम्म हामीबीचको सम्बन्ध अचम्मको थियो । हामीबीच भावनात्मक पक्षका साथै यो सम्बन्धको संस्थागत पक्ष पनि थियो । यो तस्बिरले म र मेरी आमाबीचको सम्बन्धलाई बयान गर्दछ ।

source: dailyyo.in

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप