बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेढ दर्जन मोडल एउटै र्‍याम्पमा, ३५ तस्बिरमा हेर्नुहोस्

आइतबार, ०६ जेठ २०७५, ११ : ३८
आइतबार, ०६ जेठ २०७५

काठमाडौं – दरबारमार्ग स्थित अन्नपूर्ण होटल शुक्रबार साँझ फेसनमय देखियो । १८ जना मोडलहरु बिभिन्न आकर्षक पहिरन सहित  र्‍याम्पमा देखिँदा उनीहरुसाग दर्शक समेत झुम्मिए ।

‘एन्जल अन द फ्लोर’ नाम दिइएको फेशन शोमा गर्मी तथा वर्षालाई मध्य नजर गरेर तयार पारिएका तथा समर फेशन समेत प्रस्तुत गरिएको थियो । हेर्दा आकर्षक, लगाउान सजिलो र कलात्मक खालका नयाा

फेसनका डिजाइनहरु ऱ्याम्प मार्फत सार्वजनिक गरिएको फेसन सोका आयोजक एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठ बताइन् । 

सााझ ६ बजेबाट सुरु भएर ९ बजेसम्म चलेको सोमा मनिषाज कलेक्सन, एस आर कलेक्सन, ओचु जिन्स, एलेक्सी फेसन लगायतले तयार गरेका आकर्षक र नौला डिजाइनका र्‍याम्पमा प्रस्तुत गरिएको थियो । 
कुसुम तामाङ, दिव्य थापा, प्रियंका, श्वेच्छा, कविता, दावा, मन्दिरा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायत १८ मोडलले सोमा आधा दजर्न बढी सिक्वेलमा फेसन प्रदर्शन गरेका थिए । 

अभिनेता शुशिल सिटौला र अभिनेत्री मोडल शुभेच्छा खड्का सो टपरको रुपमा प्रस्तुत भएको फेसन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । 

सोमा एलेक्सी फेसन खिचापोखरीले तयार पारेका केही डिजाइन पनि प्रस्तुत गरिएको थियो । यो वर्षको गर्मीका लागि आफुले बजारमा ल्याउन तयार पारेको नयाा डिजाईन समेत सोमा प्रस्तुत गरेको एलेक्सी फेसन खिचापोखरीकी प्रमुख गोमा बिष्टले जानकारी दिइन् । 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप