मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि सन्दीप खेल्ने पक्का : दिल्लीको प्रश्न – आज कति विकेट लेलान् ?

आइतबार, ०६ जेठ २०७५, १२ : ०८
आइतबार, ०६ जेठ २०७५

काठमाडौँ । युवा लेगस्पीनर सन्दीप लामिछाने आज पनि दिल्लीको शुरुवाती–११ मा पर्ने पक्का भएको छ ।

उनी आबद्ध क्लब दिल्ली डेयर डेभिल्सले ट्वीट गर्दै उनी आज पनि खेल्ने पक्का गरेको हो ।

सन्दीपले पछिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । चेन्नाई विरुद्धको खेलमा सुरेश रैनाको विकेट लिँदै गेम चेन्जर बनेका उनले निकै किफायती बलिङ गरिरहेका छन् ।

दुई खेलपछि उनी आइपीएलको सबैभन्दा इकोनोमिक बलर रहेका छन् । 

उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै मात्र ४६ रन खर्चेका छन् । उनको इकोनोमी ५.७५ रहेको छ । जुन टी–२० मा निकै राम्रो मानिन्छ । उनको स्ट्राइक रेट २४ रहेको छ । 

दिल्लीले ट्वीट गर्दै लेखेको छ, आज सन्दीपले कति विकेट लेलान् ?

दिल्ली आफ्नो घरेलु मैदानमा आज मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

दिल्ली प्रतियोगिताबाट बाहिरिसकेपनि मुम्बईको लागि भने आजको खेल गर या मरको स्थितिमा रहेको छ । खेल नेपाली समय अनुसार ४ः१५ मा शुरु हुनेछ ।

आजको खेलमा मुम्बईका सर्वाधिक रन बनाउने सूर्य कुमार यादव तथा कप्तान रोहित शर्माविरुद्ध सन्दीपको बलिङ हेर्न लायक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप