बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट मैदानमा भएको आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

आइतबार, ०६ जेठ २०७५, १५ : ५७
आइतबार, ०६ जेठ २०७५

एजेन्सी–संयुक्त राष्ट्रसंघले गत शुक्रबार पूर्वीअफगानिस्तानको एउटा खेल मैदानमा भएको आक्रमणको निन्दा गरेको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले घटनाको निन्दा गर्नुभएको उनका सहप्रवक्ता फरहान हकले शनिबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । 

आम नागरिकलाई नै लक्षित गरी भएको यस आक्रमण मानवअधिकार र अन्तरराष्ट्रिय कानुन विपरित रहेको महासचिव गुथ्रेसले बर्ताएका छन् । 

क्रिकेट मैदानमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने अरु ५५ जना घाइते भएका छन् । 

शुक्रबार राति ११।२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । 

सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप