शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नोभेम्बर जिन्स नेपाल’सँग जोडिए प्रदीप

आइतबार, ०६ जेठ २०७५, १७ : १२
आइतबार, ०६ जेठ २०७५

काठमाडौं –अभिनेता प्रदीप खड्का पछिल्लो समय चलचित्रसँगै बिभिन्न ब्रान्डको एम्बेस्डरको रुपमा पनि अगाडि देखिन थालेका छन् । यसै क्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’सँग पनि जोडिन पुगेका हुन् । 

प्रदीपले शनिबार बिहान काठमाडौंको दरबारमार्गस्थित ‘नोभेम्बर’ शो रुमको उद्घाटन समेत गरे । ‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादननै हुनेछ ‘उनले भने ‘अन्तर्राष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो छ ।’ चलचित्र प्रेम गीत–२ र लिली बिलीमा नोभेम्बरकै फेशन प्रयोग गरेको समेत उनले कार्यक्रममा खुलाए ।

पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको हो । 

नोभेम्बरका लागि अभिनेता प्रदिपको साथले आफुहरु अझ उत्साहित भएको नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले बताए । मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाईने नेपालकीको बजेट अनुसार तयार गरिएको अन्तराष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री बितरण हुँदै आएको पनि उनले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप